28 January 2009

युवती काण्डले रुवावासी/ गगनको दापत्य जीवनमा संकट


युवती काण्डले रुवावासी/ गगनको दापत्य जीवनमा संकट !Posted by: admin in नेपाली काग्रेसका नेताहरू

युवती काण्डले रुवावासीनेपाली कांग्रेसका दुईजना युवा नेताको घर भाँडिन लागेको समाचार छ। बिहे गरेको दुई वर्ष नपुग्दै श्रीमान्–श्रीमती अलग–अलग बाटो लाग्ने अवस्था आएको चर्चाले कांग्रेस–वृत्तमा पछिल्लो समयमा खैलाबैला नै मच्चिएको छ।
कांग्रेस स्रोतका अनुसार भारतले आफ्नो विशेष दूतका रूपमा कांग्रेसमा छिराइएका अमरेशकुमार सिंह र चर्चित युवा नेता तथा संविधानसभा सदस्य गगन थापाको घर भाँडिने अवस्थामा पुगेको छ। अन्तरिम व्यवस्थापिका संसद्को सदस्य रहेका बेला झापाकी नीतु सिंहसँग बिहे गरेका अमरेशको दाम्पत्य जीवन दुई वर्ष नपुग्दै निरसिलो मात्र बनेन भएभरको श्रीसम्पत्ति पनि चौपट भएको छ। हाल भारतमै अध्ययन गरिरहेकी नीतुले अमरेशसँग जीवन बिताउन नसक्ने कुरा आफ्ना नजिकका साथीहरूलाई सुनाएकी थिइन्। त्यसको केही समयपछि नै उनले सम्पत्तिसमेत लिएर हिँडेको गुनासो अमरेशकुमार सिंहले केही समयअघि दरबारमार्गको नाङ्लो बेकरीमा केही साथीहरूलाई सुनाएका थिए। उता, नीतुका साथीहरूले भने अमरेशको संदिग्ध बानी–व्यहोराका कारण उनी टाढिन खोजेको बताए।भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा पढ्दा बिहे नगरे पनि एउटै श्रीमान्–श्रीमतीजस्तै भएर बसेका नीतु र अमरेशको जोडी बिहेलगत्तै टुटेकोमा उनीहरूका सहपाठी हरि रोक्काहरू पनि छक्क परेका छन्। कृष्ण सिटौलालगायतका केही कांग्रेसी र अन्तरंग मित्रहरूले उनीहरूको घर जोड्ने प्रयास गरे पनि सफल हुने लक्षण देखिएको छैन। यता, लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका चर्चित युवा नेता गगन थापाको वैवाहिक जीवन पनि स्वादिलो बन्न सकेको छैन। संविधानसभामा कांग्रेसबाट टिकट नपाएपछि विरक्तिएर विदेशिन लागेका गगनलाई कांग्रेस नेता अर्जुननरसिंह केसीले समानुपातिकबाट सभासद्मात्र बनाएनन्, आफ्नी छोरी दिएर ज्वाइँ पनि बनाए। तर गगनले ‘नानीदेखि लागेको बानी छोड्न नसकेकाले’ गगन र अञ्जना केसीको दाम्पत्य जीवन पनि सुखमय बन्न नसकेको चर्चा अञ्जनाका सहपाठीहरूबीच चल्ने गरेको छ। गगनको कुन बानीले गर्दा अञ्जना सशंकित भएकी हुन् भन्ने त सार्वजनिक भइसकेको छैन, तर यो जोडी पनि अहिले सँगै छैन। अञ्जना हाल बेलायतमा छिन् भने गगन नेपालमा संविधान बनाउने काममा छन्। एक साताअघिमात्र गगन लन्डन गएर अञ्जनालाई फकाउने प्रयास गरेका थिए, तर उनले ‘अहिले तिमी आफ्नो काम गर, म आफ्नो काम गर्छु’ भनेर फर्काएको गगनका साथीहरूबीच चर्चाको विषय बनेको छ। त्यसो त, गगनले बिहे गरेको समाचार आउनासाथ एक युवतीले आफूलाई गगनले बिहे गर्छु भनेर यौनशोषण गरेको र गर्भ फाल्न लगाएको खुलासा गरेदेखि नै अञ्जना सशंकित भएकी थिइन्।घर भाँडिनेमा कांग्रेसका अरू केन्द्रीय सदस्य र अन्य सभासद्हरूसमेत परेका छन्। डाक्टर नेताले एक अविवाहित समानुपातिक सभासद्सँग हिमचिम बढाएपछि उनको घरमा समेत रडाको मच्चिएको छ। चार–पाँच महिनाअघि शेरवहादुर देउवा निवासमा कांग्रेसका सभासद्हरू आरजु देउवा, महालक्ष्मी उपाध्याय र सीता गुरुङबीच भएको झगडाको कारक पनि यस्तै प्रकरण भएको कांग्रेसीहरू बताउँछन्। कांग्रेसकै अर्का चल्तापुर्जा व्यक्ति ओखलढुंगाका पूर्वसचिव मित्रसेन दाहालमाथि पनि ओखलढुंगाकै अधिकारी थरकी एक महिलालाई बिहे नगरी दोस्रो श्रीमतीका रूपमा राखेको आरोप लागेको छ। मिर्गौला फेरेर हाल स्वास्थ्यलाभ गरिरहेका मित्रसेनमाथि यो आरोप भने यसअघि नै लागेको थियो। श्रीमान् कोरिया पठाएर काठमाडौंको सिनामंगलमा घर बनाएकी ती महिलाले मित्रसेनकै सहयोगबाट अहिले स्यान्ट्रो कार चढ्ने र अफसेट प्रेस चलाउने हैसियत बनाएकी छिन्। मित्रसेनलाई दाइ भन्दै बारम्बार घर आउने–जाने क्रम बढेपछि असली श्रीमतीले निको नमानेको ओखलढुंगे कांग्रेसहरूले कपन चौकीअगाडि चिया पसलमा चर्चाको विषय बनाएका छन्। उता नेविसंघका पूर्वअध्यक्ष एवं हालका एक नेताका कारण पद्मकन्या क्याम्पसकी स्ववियु सभापति टीका चौधरीले श्रीमान छाड्नुपरेको छ। श्रीमान् ईश्वरलाई जापान पठाएर विद्यार्थी नेतातिर मस्किएकी टीकाले श्रीमान्लाई मानसिक र शारीरिक यातना दिएर आफूबाट छुटाएको समाचार यसअघि नै प्रकाशमा आइसकेको छ। हाल ईश्वर सम्पत्ति पनि गुमाएँ, इज्जत पनि गुमाएँ भन्दै पुर्पुरोमा हात राखेर कल्याणलार्ई सरापिरहेका छन्। गोविन्द भट्टराईबाट धोका खाएकी सरिता प्रसाईं हुन् वा गगन थापाबाट धोका पाएकी सिर्जना अधिकारी हुन्, कम्तीमा पनि उनीहरूले टीकाले जस्तोचाहिँ गरेका थिएनन् भनेर नेविसंघमा अहिले चर्चा हुने गरेको छ। कांग्रेस स्रोतले दिएको अर्को जानकारीअनुसार नेपाली कांग्रेस सिन्धुपाल्चोककी जिल्ला सदस्य लीला नेपाल आफ्ना हुन नसकेका श्रीमान्बाट अंश पाऊँ भन्दै कांग्रेस कार्यालयमा अनशन बस्ने तयारीमा जुट्न लागेकी छिन्।
- साँघु साप्ताहिक