04 July 2009

Computer knowledge

Hi everybody have a nice day.lalit

माउसले Keyboard को काम गर्नुहोस्

यदि तपाईंको Keyboard ले Properly काम गरी रहेको छैन र तपाईंलाई हर हालतमा केही कुरा टाईप गर्नै छ भने यो trick काम लाग्न सक्छ । यो trick प्रयोग गर्नको लागि तपाईंको Keyboard ले मात्र OSK टाईप गर्न सके पुग्छ अरु टाईप गर्ने काम सबै तपाईंले आफ्नो माउसले गर्न सक्नु हुन्छ । कुनै कुनै बेला यो trick ले निकै काम दिन सक्छ ।
@ यसको लागि सबै भन्दा पहिला Start अनी Run मा क्लिक गर्नुहोस् र त्यहा OSK टाईप गर्नुहोस् र ओके मा क्लिक गर्नुहोस् ।
@ अब तपाईंको स्क्रीनमा on Screen Keyboard देखा पर्नेछ
@ बस अब आफ्नो माउसले उक्त keyboard लाई प्रेस गरेर अक्षरहरु टाईप गर्नुहोस् ।
0 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
LABELS: INTERNETSANSAR
विन्डोज XP सि.डि को product key कोड पत्ता लगाउने तरिका
तपाईं सँग विन्डोज XP सि.डि छ र आफ्नो कम्प्युटरमा इन्स्टल गर्न चाहनु भएको छ तर तपाईंलाई सि.डि को product key थाहा छैन भने एउटा सजिलो तरिका छ product key पत्ता लगाउने र यो product key ले १००% काम गर्छ ।
@ सबभन्दा पहिला XP को सि.डि लाई सि.डि रोममा हाल्नुहोस् र रोम लाई right क्लिक गरेर open मा क्लिक गर्नुहोस् ।
@ अब I386 भन्ने फोल्डरमा डबल क्लिक गर्नुहोस् ।
@ त्यस भित्र UNATTEND.TXT नामको फाइल खोज्नुहोस् र डबल क्लिक गरेर खोल्नुहोस् ।
@ त्यहा लेखिएका टेक्स्टहरु मध्य सबभन्दा Last मा हेर्नुहोस् ।
@ तपाईंले खोज्नु भएको Product key त्यहा लेखिएको पाउनु हुनेछ ।
र XP instel गर्दा product key माग्यो भने यही key रखिदिनुहोस् अबस्य काम गर्छ ।

Windows XP मा Administrators को password Recover गर्ने तरिका :
यदि तपाईंले आफ्नो कम्प्युटरमा Administrator Password ले protect गर्नु भएको थियो तर उक्त password बिर्सिनु भयो अब कसरी तपाईं आफ्नो कम्प्युटर खोल्नु हुन्छ त ? सजिलो तरिका छ ।

१ पहिला आफ्नो कम्प्युटरलाई safe mode मा reboot गर्नुहोस् त्यसको लागि कम्प्युटर re-start गर्नुहोस् र F8 कि प्रेस गर्नुहोस् ।

२ अब (safe mode मा) Start > Run मा क्लिक गर्नुहोस् र त्यहा Control userpasswords2 टाईप गर्नुहोस् ।


३ अब User Accounts भन्ने पेज खुल्नेछ र त्यहा तपाईंको कम्प्युटरमा भएको सबै Accounts हरु Administrator को समेट password reset गर्न सक्नुहुछ ।

४ Administrators User Account मा क्लिक (हाईलाइट)गर्नुहोस् र Reset Password Tab मा क्लिक गर्नुहोस् ।


५ त्यहा New Password राख्नुहोस् र तल Confirm New Password box मा पनि password राखेर Confirm गर्नुहोस् अनी ओ के गर्नुहोस् ।

६ तपाईंको काम सकियो , तपाईंले अब आफ्नो Administrator account को password सफलता पूर्वक recover (Change)गर्नुभयो ।

१० अनौठा USB Flash Drive हरु
विश्व बजारमा हालै उपलब्ध बिभिन्न आकार र प्रकारका USB FlashDrive हरुमा एक चोटि हामी पनि नजर हालौ न हुन्न ?

१ USB Flash Drive + Bottle Opener

TrekStor को ($43.71) पर्ने यो USB Flash Drive मात्र FlashDrive नभई बोटल ओपनर पनि हो । आल्मुनिएमको Body भएको यो Flash Drive को स्टोर गर्ने क्षमता १ जिबी देखी लिएर १६ जिबी सम्ममा उपलब्ध छ ।

२ Hamburger USB Flash Drive

भोक लागेको छ ? त्यसो भए Hamburger USB Flash Drive किन्नुहोस् र १ जिबी सम्मको information खानुहोस् । यो फ्रेस प्रोडक्टको मुल्य ($19.99) पर्छ ।

३ USB Hidden Flash Drive Watch

बोन्ड जेम्स बोन्ड । जासुस बन्न चाहनु हुन्छ ? ४ जिबीको क्षमता भएको USB FlashDrive घडीको केस भित्र अट्ने सानो आकारको छ र तपाईंले यो drive अरु कसैले नदेख्ने गरी लुकाएर कतै पनि लान सक्नु हुन्छ । प्लस्टिक केस,stainless स्टिल मास्क भएको घडी सहित यसको मुल्य ($49.99) तोकिएको छ ।

४ World's Tiniest USB Flash Drive

विश्वकै सानो 4 mm ko पातलो pico FlashDrive ($24.99) मा बजारमा आएको छ र यो drive ८ जिबी क्षमताको छ ।

५ USB Flash Drive + Lighter

ईलोक्ट्रोनिक्स र आगो कहिले पनि साथी हुन सक्दैन , तिनिहरु एक आपसमा शत्रुको रुपमा चिनिन्छन तर ($50.00) पर्ने USB Flash Drive Lighter यसको अपवादको रुपमा बजारमा आएको छ । यो प्रोडक्ट लाई विश्व बजारमा निकै युनिक रुपमा हेरिएको छ । यो flashdrive ८ जिबी क्षमताको छ र Lighter लाई रिफिल गर्न मिल्छ । यसमा USB कनेक्टरलाई लाइटरको तल Slide गरेर निकाल्ने गरी बनाइएको छ ।

६ Football USB Flash Drive

6 ounces वजन र १ जिबी क्षमताको Ball आकारको यो Drive ($19.99) मा बजारमा निकालिएको छ ।

७ Pizza USB Flash Drive

खानेकुराको department मा पिज्जा आकारमा उपलब्ध यो drive ko मुल्य ($19.99) नै राखिएको छ ।

८ USB Flash Drive + Eraser

यदि कुनै अफिसमा USB Drive हरु लान मनाही छ र तपाईंलाई लुकाएर लानु परेको छ भने यो प्रोडक्ट काम लाग्नेछ । ($10.99) मुल्यको यो प्रोडक्ट Eraser को भित्र लुकाइएको छ ।

९ USB Flash Drive Wrist band

यो Drive लाई आफ्नो नाडीमा घडी जस्तै बाध्न सकिन्छ । moisture प्रुफ निकै आकर्षक ६ बिभिन्न कलरमा उपलब्ध यो प्रोडक्टको मुल्य ($13.99) पर्छ ।

१० Light Bulb USB Drive

बल्ब जस्तै देखिने यो Drive १ जिबी क्षमताको छ र मुल्य भने ($19.99) ।

CleanUp प्रोग्राम चलाऊने तरिका
तपाईंको कम्प्युटर ढिलो चलेको छ ? यदि तपाईंलाई त्यस्तो लागेको छ भने तपाईंको कम्प्युटरको HardDrive मा नचाहिने अथवा भनौ Useless फाइलहरुको थुप्रो लागेको हुन सक्छ र यसै कारणले पनि तपाईंको कम्प्युटर slow चलेको हुन सक्छ । तपाईंले कसरी यस्ता नचाहिने फाइलहरु पत्ता लगाउने र Delete गर्ने त ? कुनै यस्तै software को प्रयोग बिना यो एक किसिमले असम्भब नै छ । त्यसैले यहाँ यस्तै एउटा CleanUp भन्ने प्रोगाम बारे चर्चा गर्न लागेको छु । यो एउटा freeware प्रोग्राम हो र तपाईंले यो सफ्टवेर फ्री मा आफ्नो कम्प्युटरमा download गर्न सक्नु हुन्छ । यो एकदम powerful टूल्स भएको सफ्टवेर हो र तपाईंले यो सफ्टवेर चलाएर आफ्नो कम्प्युटरको त्यस्ता नचाहिने Useless फाइलहरु जस्तै : तपाईंको कम्प्युटरको browser's history, bookmarks, favorites, cookies लगायत तपाईंको privacy related locations मा भएको फाइलहरु सबै delete गरिदिन्छ । त्यसैले यो सफ्टवेरको प्रयोग गरेर तपाईंले आफ्नो कम्प्युटरको privacy पनि जोगाउन सक्नु हुन्छ ।

यो सफ्टवेर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ( Download CleanUp! )

यो software आफ्नो कम्प्युटरमा download गरिसके पछि यो प्रोग्राम चलाऊनुहोस् ।
अब सबभन्दा पहिला यसको Configure मिलाउँ ।
चित्रमा देखिएको जस्तो रातो घेरा भित्र भएको option मा क्लिक गर्नुहोस् ।


बाँया तिर भएको Bar लाई "Standard CleanUp!" सम्म लानुहोस् ।


तपाईंको कम्प्युटरमा धेरै किसिममा cookies हरु स्टोर भई बसेका हुन्छ जसले तपाईंको password, Logins हरुका password हरु save गरेका हुन्छन । यदि तपाईं यो हटोस भन्ने चाहनु हुन्न भने "Delete Cookies" भन्ने option मा uncheck गर्नुहोस् । र ok
गर्नुहोस् ।

अब तपाईंको कम्प्युटरमा यो प्रोग्राम चलाऊन ready भयो । यो प्रोग्राम चलाऊनु भन्दा अगाडि यदि तपाईंले कुनै brower खोली राख्नु भएको छ भने त्यसलाई बन्द गरी दिनुहोस् र Clean Up बटन मा क्लिक गर्नुहोस् ।

प्रोग्रामले अब तपाईंको कम्प्युटरमा भएका Useless फाइलहरु Delete गर्न थाल्नेछ ।
सकिए पछि close बटनमा क्लिक गर्नुहोस् ।
त्यतिबेला एउटा popup message "CleanUp! is finished but it needs to logoff" display हुनेछ । Yes गर्नु भयो भने कम्प्युटर restart हुनेछ यदि पछि मात्र गर्न चाहनु हुन्छ भने No मा क्लिक गर्नुहोस् ।