13 December 2011

अब काठमाडौं नजिकै नयाँ विमानस्थल

अब काठमाडौं नजिकै नयाँ विमानस्थल
अब काठमाडौं नजिकै नयाँ विमानस्थल
हिम बिष्ट/ उज्यालो । काठमाडौं, मंसिर २७ – सरकारले त्रिभुवन विमानस्थलको चाप कम गर्न काठमाडौं उपत्यका नजिकै नयाँ विमानस्थल बनाउने प्रकृया सुरु गरेको छ । त्रिभूवन विमानस्थलबाट अन्तराष्ट्रिय उडानमात्रै भर्ने गरि अन्तरिक उडानका लागि काभ्रेको पाँचखाल वा काभ्रेको बनेपा नागीडाँडामा अन्तरिक उडान विमानस्थल बनाउन तयारी सुरु भएको छ । 
पर्यटनमन्त्री लोकेन्द्र विष्टले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि अन्तरिक विमानस्थल निर्माणको अध्ययनका लागि ६ सदस्य कार्यदल गठन गरिएको जानकारी दिनुभयो । कार्यदलले ६ दिन भित्र अध्ययन प्रतिवेदन बुझाउने उहाँको भनाई थियो । मन्त्री विष्टका अनुसार कार्यदलले पाँचखाल वा नागीडाँडा जहाँ भन्छ त्यहीँ विमानस्थलन बनाउने प्रस्ताव छिट्टै मन्त्रीपरिषदमा लैजाने जानकारी दिनुभयो । 
मन्त्री बिष्टका अनुसार नयाँ विमानस्थल बनेमा आन्तरिक उडान त्यहीँबाट हुनेछ भने त्रिभूवन विमानस्थलबाट अन्तराष्ट्रिय उडान मात्रै हुने छ । पर्यटन मन्त्रालय र मातहत गरिने सुधार कार्यहरुको विवरण सार्वजनिक गर्दै पर्यटनमन्त्री बिष्टले नयाँ पाँचवटा साना विमान ल्याउने प्रकृया पनि सुरु भईसकेको जानकारी दिनुभयो । 
मन्त्री विष्टले पर्यटन वर्ष २०११ को अन्त्य सम्ममा ८ लाख पर्यटक पुग्ने जानकारी दिनुभयो । उहाँले १७ वटा पर्यटकीय क्षेत्रको विकास गर्ने अवधारणा अनुसार गुरु योजना बनाउने काम पनि अघि बढाईने जानकारी दिनुभयो ।