18 May 2014

कोलेस्टेरोल:के हो ,? कसरि यसको समस्या बाट बच्ने / हेलचक्राइले ज्यान पनि जान सक्छ

कोलेस्टेरोल: शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो |यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ। रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ। बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ। यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन्। यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ। त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ। कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ। ४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ। मासु, दूधबाट बनेका पदार्थहरू र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरू हुन्। नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ। यसको मात्रा घटाउने केही औषधि पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ। साधारणतया एक व्यक्तिमा कुल कोलेस्टेरोल २०० एमजी, एलडीएल १०० एमजी, टीजी १५० एमजीभन्दा तल र एचडीएल ४५ एमजीभन्दा माथि राखिराख्नुपर्छ। परिवर्तित: अप्राकृतिक तथा प्रतिस्पर्धी आहार-विहार एवं आचरणका कारण पछिल्लो दशकमा कोलेस्टेरोल, ट्राइग्लेसेराइड आदि शारीरकि रसायनहरू बढेर मुटुमा गम्भीर असर गरी हृदयाघात तथा मस्ितष्कघातका कारण सबै उमेर र समूहका धेरै मान्छे प्रभावित भइरहेका छन्। कोलेस्टेरोल मैनजस्तो चिल्लो पदार्थ हो, जुन शरीरका सबै भागमा हुन्छ। कोलेस्टेरोलले नयाँ कोषिका बनाउन र स्नायुलाई तातो, चिसो वा अन्य बाहिरी कारणबाट सुरक्षा गर्न र हार्मोनहरू उत्पादन गर्न मद्दत गर्छ। ७५ प्रतिशत कोलेस्टेरोल हाम्रो कलेजो तथा अन्य कोषहरूले बनाउँछन् भने २५ प्रतिशत कोलेस्टेरोल हामीले खाने खानाबाट प्राप्त हुन्छ। कोलेस्टेरोल जनावरजन्य खाद्य पदार्थमा मात्र पाइन्छ। यही कोलेस्टेरोलको मात्रामा असन्तुलन भयो भने हृदयरोग लाग्छ। जब रगतमा अत्यधिक कोलेस्टेरोल जम्मा हुन्छ, रक्तनलीको भित्तामा टाँसिन्छ र रक्तनली कडा तथा साँघुरो बन्छ। रक्तनली साँघुरो भएपछि मुटुमा रक्तसञ्चार ढिलो, अपर्याप्त वा अवरुद्ध हुन्छ अनि अक्सिजनको कमी भई छाती दुख्छ। कडा तथा साँघुरो रक्तनलीका कारण रक्तसञ्चार अवरुद्ध भई हृदयाघात हुन्छ। एलडीएल -लो डेन्सिटी लिप्रोपोसन) खराब कोलेस्टेरोल हो। यसमा प्रोटिन थोरै र कोलेस्टेरोल धेरै हुन्छ। र, एचडीएल अर्थात् हाइ डेन्सिटी लिप्रोपोसन राम्रो कोलेस्टेरोल हो। यसमा प्रशस्त प्रोटिन र थोरै कोलेस्टेरोल हुन्छ। एलडीेएलले रक्तनलीमा कोलेस्टेरोल जम्मा गर्छ भने एचडीएलले रक्तबाट कोलेस्टेरोल हटाउन मद्दत गर्छ। त्यस्तै, रगतमा तैरनिे बोसोलाई ट्राइग्लेसेराइड भनिन्छ। हामीले बढी खाएको खाना शरीरमा प्रयोग नभए कार्बोहाइड्रेट, चिल्लो तथा प्रोटिन रासायनिक परविर्तन भएर ट्राइग्लेसेराइड बन्छ। त्यसपछि ट्राइग्लेसेराइड थोपाथोपा जम्मा भई रक्तमा सञ्चार हुन्छ। प्रोटिनले ट्राइग्लेसेराइडलाई रक्तमा परभि्रमण गराउँछ। ट्राइग्लेसेराइडलाई बोसोयुक्त कोषले शक्तिका रूपमा प्रयोग गर्छन्। खाना नखाएको समयमा वा अर्को खाना खाने समयसम्मका लागि यसले शरीरलाई सञ्चयमार्फत शक्ति प्रदान गर्छ। मोटोपना, घिउ तथा बोसोको सेवन शारीरकि निष्त्रियता, धुम्रपान, अत्यधिक मद्यपान तथा अधिक कार्बोहाइड्रेटको प्रयोगका कारण ट्राइग्लेसेराइडको मात्रा बढ्छ। जब कोलेस्टेरोलका कारण रक्तनली कडा र साँघुरो हुन्छ तथा त्यसमा ट्राइग्लेसेराइड बढ्छ, त्यस अवस्थालाई एथेरोस्क्लोरोसिस भनिन्छ, जसमा रक्त तथा बोसो जमेर रक्तनली साँघुरो भई हृदयाघात वा बेहोसी हुन्छ। जसरी पानीमा तेल मिसिँदैन, त्यसरी नै रगतमा कोलेस्टेरोल मिसिँदैन। कोलेस्टेरोलले रक्तसञ्चारबाट शरीरभर भ्रमण गर्छ। उच्च कोलेस्टेरोलका लक्षण: कोलेस्टेरोल तथा ट्राइग्लेसेराइड अधिक मात्रामा बढे पनि यसको खासै लक्षण देखिँदैन। जब लक्षण देखिन्छ, उपचारमा ढिलो भइसकेको हुन्छ। तसर्थ, यसलाई 'साइलेन्ट किलर' पनि भनिन्छ। रक्तपरीक्षण (-लिपिड प्रोफाइल)बाट मात्र यसको अवस्था जानकारी हुन्छ। महिला र कोलेस्टेरोल: महिलाको यौन हार्मोन इस्ट्रोजेनले राम्रो कोलेस्टेरोल वृद्धि गर्छ। तसर्थ, पुरुषमा भन्दा महिलामा राम्रो कोलेस्टेरोलको मात्रा बढी हुन्छ। महिनावारी बन्द भएपछि कोलेस्टेरोल तथा ट्राइग्लेसेराइडको मात्रा बढ्ने सम्भावना बढी हुन्छ। यसकारण पश्चिमा देशहरूमा महिनावारी बन्द भएपछि हार्मोनको सुई दिने प्रचलन छ। बच्चा र कोलेस्टेरोल: जसका बाबुआमालाई हृदयाघात भएको छ, यस्ताका बच्चालाई सानै उमेरदेखि रक्तनली साँघुरो हुने सम्भावना हुन्छ। मोटोपना, चुरोटको सेवन, निष्त्रिय जीवनशैली तथा घिउ, बोसो बढी सेवन गर्ने बच्चामा पनि कोलेस्टेरोलको समस्या देखिन सक्छ। त्यस्तै, पातला वा दुब्ला मान्छेहरू, मुटुको औषधी सेवन गरेका बिरामीहरू, कम उमेरका व्यक्तिहरू, व्यायाम गर्नेहरू आदि सम्पूर्ण वर्गमा पनि यो समस्या हुनसक्छ। तसर्थ, स्वस्थ जीवनशैली र नियमित परीक्षण गर्नुपर्छ। कलेजोले दिनमा करबि एक ग्राम कोलेस्टेरोल बनाउँछ, जुन सम्पूर्ण शरीरलाई पुग्ने हुन्छ। तसर्थ, खानामा अतिरत्ति चिल्लोको आवश्यकता छैन। चोकरयुक्त खानामा फापर, जौ, भटमास, सूर्यमुखी तेल, गाजर, प्याज, लसुन, हरयिो मकै, कोसाहरू, राजमा, बन्दा, च्याउ, गोलभँेडा, फर्सी, काउलीलगायतका तरकारीहरू र स्याउ, कागती, सुन्तला, केरा, आरु, बदाम, ओखर, तील आदि फलफूल र शाकाहारी भोजनले कोलेस्टेरोललाई कम गर्छन्। ठिक्क मात्रामा मदिरा सेवन गर्नाले राम्रो कोलेस्टेरोललाई बढाउँछ साथै रेड वाइनमा हुने रेभेस्ट्रोलले पनि फाइदा गर्छ। सन्तुलित भोजन, व्यायाम, प्राकृतिक जीवनशैली र तनावको व्यवस्थापनले कोलेस्टेरोलमा उल्लेख्य सुधार नभएमा चिकित्सकसँग परामर्श गरी नियमित रूपमा औषधी सेवन गर्नुपर्छ। ध कोलेस्टेरोलको मात्रा पूर्ण कोलेस्टेरोल -युनिट ः एमजी/डीएल) २०० भन्दा कम - सामान्य २०० देखि २३९ - बढी २४० र सोभन्दा अधिक - निकै धेरै खराब कोलेस्टेरोल -(एलडीएल) १०० भन्दा कमी - राम्रो १०० देखि १२९ - अलिकति बढी १३० देखि १५९ - सामान्य बढी १६० देखि १८९ - उच्च १९० देखि बढी - निकै उच्च राम्रो कोलेस्टेरोल -(एचडीएल) ६० वा बढी - हृदयरोग कम गर्न आवश्यक ४० भन्दा कम - मुटुरोग उत्पन्न गर्ने सम्भावना ट्राइग्लेसेराइड १५० भन्दा कम - सामान्य १५० देखि १९९ - सामान्य बढी २०० देखि ४९९ - उच्च ५०० वा बढी - अत्यधिक उच्च कोलेस्टेरोल नियन्त्रण गर्ने उपायहरू: खानपिन 1.घिउ , बोसो, अन्डाको पहेँलो भाग, प्राउनजस्ता जनावरजन्य चिल्लो पदार्थ नखाने। 2.माछा, छालारहित कुखुराको मासु तथा दुब्लो मासु खाने। 3.कम्तीमा साताको दुईपटक माछा खाने। माछामा चिल्लो कम हुन्छ। माछाको तेलमा ओमेगा-३ नामक चिल्लो पदार्थ हुन्छ, जसले मुटु र रक्तनलीको सुरक्षा गर्छ। 4.बढी चिल्लो हुने दुग्धजन्य पदार्थहरू जस्तै क्रिम, नौनी, चीज तथा घिउ ननिकालेको दूध कम खाने। दही र चिल्लो निकालेको दूध फाइदाजनक हुन्छ। 5.डिनिस, पेस्िट्रज, केक, जाम, चकलेट, कुकिजहरूमा धेरै मात्रामा घिउ तथा तेल हुने भएकाले ती खानाहरू नखाने। 6.खानामा घिउ तथा तेलको मात्रा घटाउने। भुटेर, तारेर, तथा झानेर नखाने, उसिनेर खाने। मिठाई कम खाने। 7.अोलिभ र क्यानोला तेल प्रयोग गर्ने। 8.गिहुँ, जौ, मकै, फापर, गेडागुडी, चामल, गाजर, केराउ, सिमी सेवन गर्ने। 9.पोषण, फाइवर तथा एन्डी अक्सिडेन्ट गुण हुने भएकाले फलफूल तथा तरकारी प्रशस्त खाने। 10.खानाको मात्रा कम गर्ने। शरीरलाई अनावश्यक खानाले ट्राइग्लेसेराइड बढाउँछ। 11.पानी प्रशस्त खाने। नुन कम खाने। शरीरको तौल शारीरकि तौल बढ्नाले खराब कोलेस्टेरोल तथा ट्राइग्लेसेराइड बढ्छ, जसले गर्दा मुटुको रोग लाग्ने सम्भावना बढी हुन्छ। शारीरिक सक्रियता निष्त्रिय जीवनशैली हृदयरोगको प्रमुख कारण हो। नियमित शारीरकि अभ्यास, हिँड्ने बानी तथा योगले तौल घट्छ। नराम्रो कोलेस्टेरोल घट्छ र राम्रो कोलेस्टेरोल बढ्छ। धुम्रपान तथा अत्यधिक मदिरा सेवन नगर्ने । उच्च रक्तचाप, मधुमेहजस्ता रोगको नियन्त्रण, उपचार गर्ने। विंशानुगत इतिहास भएका व्यक्तिहरू तथा ४० वर्ष नाघेका व्यक्तिहरूले नियमित जाँच र सतर्कता अपनाउने। धेरै धपेडी तथा तनाव चिन्ता नगर्ने। चोकरयुक्त खानामा फापर, जौ, भटमास, सूर्यमुखी तेल, गाजर, प्याज, लसुन, हरियो मकै, कोसाहरू, राजमा, बन्दा, च्याउ, गोलभँेडा, फर्सी, काउलीलगायतका तरकारीहरू र स्याउ, कागती, सुन्तला, केरा, आरु, बदाम, ओखर, तील आदि फलफूल र शाकाहारी भोजनले कोलेस्टेरोललाई कम गर्छन्। ________________________________________________ कोलेस्टेरोल परीक्षण रिपोर्ट ! टोटल कोलेस्टेरोल 200 mg./dl भन्दा कम - सन्तोषजनक 200 देखि 239 mg/.dl - खतराको सिमाना 240 mg./dL बढी - खतरनाक